रामबहादुरको सपना (कविता)


रामबहादुर
दिनभरि खेतबारीमा लुटपुटिन्छ
खन्छ
डल्ला फोर्छ
झार जिलाउँछ र
पसिनाले सिँचेर सपना उमार्छ ।

घर पुगेर त्यही सपना सुम्सुम्याउँछ
त्यही सपना टाँगेर छानो टाल्छ
त्यही सपना भँजाएर पातलीलाई गुन्यू किनिदिन्छ
त्यसैगरी बेच्छ त्यो सपना
र सानीलाई किताब किनिदिन्छ

अनायास
आकाश गड्गडाउँछ
हुरी चल्छ
मुसलधारे पानी पर्छ
त्यही सपनामाथिबाट ठूलो भेल बग्छ
र ऊ उभिएको जमिन समेत बगरमा परिणत हुन्छ

जसरी ऊ वर्षैपिच्छे सपना ब्यूँताउँछ
पटक पटक सपना हुर्काउँछ
त्यसैगरी वर्षैपिच्छे
त्यही सपनाले बगाउँछ उसको जिन्दगी
क्षितिजमा बेस्सरी चर्किएको चट्टानसँगै
निभ्छ ऊ
कम से कम
अब उसले सधैं यस्तै सपना त देख्न परेन ।


(पत्रकारितामा संलग्न मायामितु मूलतः कवि हुन्। उनका कवितामा ग्राम्यचेत र सूक्ष्म सौन्दर्य घनीभूत पाइन्छ ।)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope