नगरकोटमा होटल–पर्यटन तङ्ग्रिने अपेक्षा


पर्यटकीय क्षेत्र नगरकोटका होटल व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् । होटल व्यवसायी, होटल कर्मचारी र मजदूर तथा स्थानीय ६०० ले कोरोनाविरुद्धको खोप लगाएको नगरकोट–नाल्दुम पर्यटन विकास समितिले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र समितिको समन्वयमा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भइरहेको हालको अवस्थामा दुवै मात्रा खोप लगाउन पाएपछि सुरक्षित महसुस भएको ब्यावसायी बताउँछन् । “कोरोना सङ्क्रमणदर घटिरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउँदा सुरक्षित महसुस गरेका छौँ, अब पर्यटन तङ्ग्रेला कि”, समितिका सचिव एवं माउण्ट एभरेष्ट होटलका सञ्चालक प्रदीपजङ्ग अधिकारीले भन्नुभयो । उहाँका अनुसार होटल व्यवसायीसँगै नगरकोटका किराना पसल तथा तरकारी व्यवसायीसमेतलाई कोरोनाविरुद्धको खोप लगाएपछि नगरकोट ‘सुरक्षित छ’ भन्ने सन्देश दिन थालिएको छ ।

पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमणको जोखिमकाबीच न्यून कर्मचारी÷मजदूर स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ सञ्चालन हुँदै आएका होटलमा आन्तरिक पर्यटक बढ्दै गएको मेरिल्याण्ड होटलका सञ्चालक गोकुल लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल शुक्रबार र बिदाको दिन पर्यटकको आगमन राम्रै छ, केही आवासीय तालिम कार्यक्रम हुन थालेका छन्, कोरोना घट्दै गएकाले बाह्य पर्यटक पनि आउलान् कि ! ” उहाँका अनुसार बिदामा आउने पर्यटक र फट्टाफुट्ट हुने तालिम कार्यक्रमले जेनतेन होटल खर्च धानेको छ ।

नगरकोटमा रहेको ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ मा पर्दछ भने बाँकी होटल भक्तपुरको चाँगुनारायण नपा–६ मा पर्दछन् । नगरकोटमा सानाठूला गरी १०० होटल छन् । यसमध्ये केहीमात्रै ‘फो–स्टार र थ्री–स्टार’का छन् । नगरकोटमा करिब दर्जन होटल निर्माणाधीन अवस्थामा रहेका छन् भने उही सङ्ख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको समितिका अध्यक्ष एवं भङ्गेरी दरबार होटलका सञ्चालक नवीन गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार नगरकोटमा पर्यटनका थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमाक्षेत्रमा पर्ने नगरकोटको मुख्यचोक भट्टेडाँडामा बसपार्क निर्माणाधीन अस्वथामा रहेको छ भने पर्यटकीय सूचना केन्द्र तथा ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण थालिएको छ । साथै टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनेपा नपा–२ मा हिले जलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जीपलाइन र हाइकिङ–टे«ल निर्माण गरिने योजना बनाइएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope