भारतमा ६७.७२ करोडले पाए कोरोनाविरुद्धको खोप


भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७.७२ करोडले लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् । तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरुको भनाइ छ ।

खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या ९७.४३ प्रतिशत हो । भारतमा अहिलेपनि चार लाख पाँच हजार ६८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ ।

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope