कोरोना सङ्क्रमणः स्वास्थ्य सचेतना कायमै राख्न जरुरी


नेपालमा विसं २०७६ चैत दोस्रो साता भित्रिएको कोरोना भाइरस सङ्क्रमणबाट बागलुङ पहिलो चरणमा नै प्रभावित भयो ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दोस्रो र पाँचौँ व्यक्ति एउटै विमानमा विसं २०७६ चैत ४ गते कतार एयरवेजको विमान चढेर आउनुभएको थियो । तीमध्ये बागलुङकी १९ वर्षीया अंशु सापकोटामा सङ्क्रमण पुष्टि भएको थियो ।

राजधानी बाहिर सङ्क्रमण पुष्टि हुनेमा अंशु दोस्रो भएका कारण बागलुङ शुरुमै सशङ्कित बन्यो । त्यति मात्रै हैन, अंशुको गाउँका सडक स्यानिटाइजर गर्नेदेखि उपचारका लागि अस्पताल ल्याउन प्रमुख जिल्ला अधिकारीको निर्देशनसम्मका कुरा भए । सुरुको अवस्थामा यस्तोसम्म जिल्लामा घटना भयो कि कोरोना सङ्क्रमित लिन जाने भनिएको एम्बुलेन्स चालक चाभी नै फालेर भाग्नेसम्मको स्थिति आयो । त्यस कठिन अवस्थामा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले कार्यालयकै सवारी चालक रुद्र पराजुलीलाई लिएर सङ्क्रमितलाई धौलागिरि अस्पतालसम्म ल्याइ पु¥याउनुभएको थियो ।

त्यस्तो कठिन मोडबाट गुर्जि्रदै आएको बागलुङ पछिल्लो एक वर्षदेखि विस्तारै सामान्य अवस्थातर्फ उन्मुख छ । सुरुको त्यो कोरोना सङ्कटग्रस्त अवस्था सम्झँदा आफँैलाई कहाली लागेको र स्वास्थ्य सेवामा प्रश्न गर्ने अवस्था आएको कोरोना स्वास्थ्य कार्यालयका कोभिड स्थानीय स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो । सुरुको अवस्थामा धौलागिरि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी घिमिरेले कोरोनाको त्यो अवस्था शब्दमा व्याख्या गरेर भन्नै नसकिने खालको भएको बताउनुभयो ।

“सङ्क्रमित भएको गाउँको बाटो नहिँड्ने अवस्थादेखि अहिलेको सहज परिस्थिति दुवैलाई प्रत्यक्ष नियाल्ने अवस्था आयो, २०७६ को चैत मसान्तमा चिनको वुहानबाट सुरु भएको भाइरसले युरोप जस्तो विकसित मुलुकका धेरै मानिसलाई चिहानघाट पु¥यायो”, स्वास्थ्यकर्र्मी घिमिरेले भन्नुभयो, “रोगलेभन्दा डरले सतायो, अभिभावकले छोराछोरी स्वास्थ्यकर्मी बनाएकामा चिन्तासमेत व्यक्त गर्नुपर्ने अवस्थामा पु¥यायो, तर अहिले स्वास्थ्य चेतना, स्वास्थ्य सामग्री तथा खोपका कारण निकै सहज बनाएको छ ।” घिमिरेका अनुसार महामारीमा अझै हेलचेक्र्याइँ भने गर्ने बेला आइसकेको छैन ।

डब्लुएचओको नीतिसमेत त्यतिबेला अनुसन्धानमै भएकाले स्वास्थ्यकर्मी थप द्विविधा र मारमा परेका थिए । सँगै हिँडेका, एउटै सवारीमा यात्रा गरेका र भेटघाट मात्रै गरेकालाई समेत परीक्षण गर्ने नीति थियो । त्यसले थप सङ्कट पैदा गराएकामा अहिले भने त्यस्तो नभएर त्यसको लक्षण छ, उसैलाई मात्र परीक्षण गर्दा स्वास्थ्यकर्मीलाई सहज भएको छ । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी भएकै कारण मात्रै नहोला तर कोरोना सार्छ भन्ने डरले मानिस स्वास्थ्यकर्मीबाट टाढा रहन चाहन्थे । म सङ्क्रमित भएर घरमै बस्दा घरको बाटो नै मान्छे हिँडेनन् ।”

“कोरोनाका सङ्क्रमितको मोफसलमैै उपचार सम्भव तुल्याउने अस्पतालका अर्का साहसिक र जोखिम मोल्नुभएका चिकित्सक हुनुहुन्छ”, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेल । राजधानी बाहिर सङ्क्रमित भएको अंशुलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजानेसमेत तयारी भइरहेको अवस्थामा यही अस्पतालमै उपचार गर्न सकिन्छ भनेर आँट गरेको र विस्तारै सार्थकता पाएको डा पोखरेलले बताउनुभयो ।

“निकै जोखिमपूर्ण र अन्योलग्रस्त अवस्था थियो, जतिबेला पाँचौँ सङ्क्रमित बागलुङमा पुष्टि भइसकेको अवस्था थियो, सङ्क्रमितको उपचार गण्डकी प्रदेशमै कही भएको थिएन, नयाँ रोग नयाँ प्रयास थियो”, डा पोखरेलले भन्नुभयो, “तर मैले तत्कालीन समयमा कार्यरत डा प्रदीप श्रेष्ठ लगायतको समूहसँग छलफल गरी यही राख्ने कुरा ग¥र्यौं, अहिले त अस्पतालको आइसोलेसन खाली हुने, होम आइसोलेसनमै बस्ने सहज परिस्थिति आयो, त्यतिबेला धौलागिरि अस्पतालले बास्तवमा जोखिम उठाएकै हो ।” अहिले स्वास्थ्यसम्बन्धी सचेतना अपनाउन थालियो, मास्क अनिवार्य भयो, स्यानिटाइजरको प्रयोग बढ्यो र खोपलाई अनिवार्य गरिँदै लगियो, त्यसैले सहज परिस्थिति आएको उहाँको भनाइ छ ।

सरकारले कोरोना सङ्क्रमितलाई कहाँ भर्ना गर्ने सरकारको निर्देशनसमेत नआउँदै अस्पतालले कोरोनाको उपचार शुरु गरिसकेको डा पोखरेलले बताउनुभयो । प्लाष्टिकका पीपीइ लगाएर उपचारमा खटिएका स्वास्थ्यकर्मीले त्यतिबेला ठूलो जोखिम मोलेको स्मरण गर्नुहुन्छ । पीपीइ लगाउने तरिका समेत बिरामी भर्ना भइसकेपछि यहाँका स्वास्थ्यकर्मीले सिकेका हुन् ।

कोरोनालाई सुरुकै अवस्थादेखि नजिकबाट नियाल्नुभएका बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले त्यसबेलाको अवस्था र अहिलेको अवस्था धेरै फरक रहेको बताउनुभयो । पाँचौँ सङ्क्रमित अशुका गाउँ कुडुलेमा उत्पादन भएको तरकारी र छटौँ सङ्क्रमित कनकुमारी पौडेल भएको गौडाकोटको दूधसमेत बिक्री नभएको अवस्थामा रहेको बागलुङ अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।

“त्यो बेला हामी नै सडकमा स्यानिटाइजर छर्कदै हिँडेका थियौँ, सबै कुरा अध्ययनमै भएकाले स्वास्थ्यकर्मी नै अन्योलग्रस्त अवस्थामा थियौँ, आम नागरिकको चेतना त अझ कस्तो थियो होला ?” स्वास्थ्यकर्मी खनालले भन्नुभयो, “अब कोरोना त्यस्तो रहेन, सँगै यात्रा गरेको, बोलेको र हिँडेका भरमा भन्दा प्रत्यक्ष सम्पर्कमा रहेकालाई मात्रै कोरोना लाग्ने रहेछ भन्ने कुरा हामीले नै अनुभव गरियो, आफँै सङ्क्रमित हुँदा विभेदसमेत भोगियो तर निरन्तर रोगसँग जुध्दै गइयो अहिले खोपले धेरै सहज भएको छ ।”

रुघाखोकी तथा ज्वरो आउँदा साथ उपचार गर्नसकेमा कोरोनाले जटिल अवस्थामा पु¥याउन सक्दैन भन्ने अनुभव भयो । स्वास्थ्यकर्मी चढेको सवारी साधनसमेत अन्य कर्मचारीले चढ्न नमानेको अवस्था देखि अहिलेको निकै सहज अवस्थामा आइसकेको भए पनि स्वास्थ्य सचेतना कायम नै राख्न जरुरी रहेको उहाँको भनाइ छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope