खुल्यो मनकामना केबलकार


कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो । आज बिहानबाट केबलकार सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ । गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope