वाग्मती प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाइयो


वाग्मती प्रदेशका मुख्यन्यायाधिवक्ता ओम प्रकाश थपलियाले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आज वार्षिक प्रतिवेदन बुझाउनु भएको छ । गत आव २०७७÷७८ मा मुख्य न्यायाधिवक्ता कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन प्रदेश प्रमुख शर्मा समक्ष पेश भएको हो ।

सो कार्यालयले वर्षभरिमा सवैधानिक एवम् कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरीएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनु पर्ने सुधारको विषयमा उल्लेख गरिएको छ ।

गत आव २०७७÷७८मा सर्वोच्च अदालतमा ६१, उच्च अदालत पाटनमा नौ, सिन्धुली जिल्ला अदालतमा एक, चितवन जिल्ला अदालतमा एक, प्रशासकीय अदालत काठमाडौँमा दुई गरी जम्मा ७४ मुद्दा रहेका छन् । मुद्दामा सफलताको स्थिति ७४ प्रतिशत रहेको थपलियाले बताउनुभयो ।

कार्यालयमा विभिन्न मन्त्रालय तथा कार्यालयबाट सातवटा कानूनी राय तथा सुझाव माग गरिएकोमा सोको जवाफ लेखी पठाइएको थियो । उक्त प्रतिवेदन प्रदेशसभा समक्ष पेश गर्नका लागि प्रदेश प्रमुख शर्माले आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हस्तान्तरण गर्नुभएको छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope