५०० वृक्षरोपण


काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी महादेव मन्दिर जाने सिँढीको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

कागेश्वरी मन्दिर जानेबाटोमा निर्माण गरिएको एक हजार सिँढीको दायाँबायाँ स्थानीयले घरमै तयार पारेको करिब एक हजार ५०० फलफूल र विभिन्न जातका रुखका हुर्केका बिरुवा रोपिएको हो । वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुँयालले कागेश्वर महादेव मन्दिर धामका रूपमा स्थापित गर्न एक दशकअघि देखि अभियान चलाउँदै आउनुभएको छ ।

कागेश्वरी धामको विकासका लागि चालु आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । यसैगरी नगरपालिकाले रु ६० लाख विनियोजन गरेको छ । गोकर्ण–तारेभीर, सुन्दरीजल–कागेश्वरीधाम, लोकतान्त्रिक शहीद उद्यान–मणिचुड, बज्रयोगिनी–जहरसिंहपौवालाईं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रदेशसभा सदस्य फुयाँलले जानकारी दिनुभयो । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्छ । यस दिन यहाँको महादेव मन्दिर पूजा आराधना गरेमा काग स्पर्शबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope