९९४ मा सङ्क्रमण, १२ को मृत्यु : प्रदेश–१ मा २०७ मा कोरोना


देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३५५ छ । पाँच सय बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला २१ छन् । आज एक हजार ३६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस अवधिमा सङ्क्रमणबाट १२ को ज्यान गएको छ । हालसम्म १० हजार ९३६ को सङ्क्रमणबाट मृत्यु भएको छ । चार सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेशन, एक हजार ६४७ संस्थागत आइसोलेशन र ३१७ कोरोना सङ्क्रमित क्वारेन्टिनमा छन् ।

प्रदेश–१ मा २०७ मा कोरोना

प्रदेश नं १ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार आज ६८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२ मध्ये विराटनगरमा ३७, झापामा ३२, सुनसरीमा २६, धनकुटामा दुई, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २८८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सो सङ्क्रमणबाट मुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope