पत्रकार प्रियदर्शीको शालिक अनावरण


पत्रकार कञ्चन प्रियदर्शीको स्मृतिमा पिपलडाँडामा शालिक एवं उद्यान निर्माण गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य युवराज दुलालले शनिबार शालिकको अनावरण गर्दै प्रियदर्शीले पत्रकारिता र साहित्यको माध्यमबाट समाज परिवर्तनका लागि व्यतित गरेको अमूल्य समयलाई भुल्नु हुँदैन भन्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवानेता माधव सापकोटा, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी, जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, साहित्यकार रमेश पौडेल, हेमन प्रधान, दिल कार्की, मात्रिका पोखरेल, बाबा बस्नेतलगायतले आ–आफ्नो साहित्यिक सिर्जनासमेत प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै शब्द सारथिका अध्यक्ष अमित घिमिरे, नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवन श्रेष्ठले प्रियदर्शीको पत्रकारिता र साहित्यिक योगदानका बारेमा कार्यक्रममा चर्चा गर्नुभएको थियो । कार्यक्रममा शालिक एवं उद्यान निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभएका प्रदेशसभा सदस्य दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जग्गादाता सुजन बुढाथोकी र कलाकार कृष्णहरि शङ्खदेवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा आयोजित खुला कविता प्रतियोगितामा नवराज रायमाझी, सुष्मा तिमल्सिना र कृष्णप्रसाद धिताल क्रमशः प्रथम, द्वितीय र तृतीय तथा रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope