चालकको मृत्यु


नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना८ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पौडेल गम्भीर घाइते भएका थिए । घाइते पौडेलको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope