मुख्यमन्त्री र दातृ निकायबीच छलफल


बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशमा विकास साझेदारका रूपमा काम गर्दै आएका दातृ निकायले विकासको काम गर्दा विकटका ग्रामीण नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।

बागमती प्रदेशमा काम गर्दै आएका विदेशी दातृ निकायका प्रतिनिधिहरुसँग आज मकवानपुरको इन्द्रसरोवरमा भएको छलफलमा उहाँलेविकास साझेदारहरुलाई नीतिगत हिसाबले प्रदेश सरकार सहयोग गर्न तयार रहेको स्पष्ट गर्नुभयो । विकासका साझेदारहरुले कुनै पनि काम गर्दा त्यसलाई कार्यान्वयन गर्नुपर्ने र सहज बनाउनेतर्फ जोड् दिनुपर्ने उहाँले निर्देशन दिनुभयो ।

मुख्यमन्त्री शाक्यले कुनै पनि काम गर्दा मानव सूचकाङ्क कम भएका क्षेत्रमा गएर काम गर्न आग्रहसमेत गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख सल्लाहकार माधव अर्याल तथा मुख्यमन्त्री कार्यालयका पदाधिकरीहरुको सहभागिता थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope