यसरी पक्राउ परे अस्पतालमा बम राख्ने व्यक्ति


धादिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए ।

अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्नसक्ने अनुमान लगाए । पैसाको अभाव भइरहेका बेला खर्चको जोहो हुने ठानेर उनीहरूले अस्पतालका चिकित्सकलाई तर्साउँदै फिरौती लिने योजना बनाए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोही योजनामुताबिक उनीहरूले यही भदौ २४ गते अस्पतालमा बम राखेको भनी रु तीन करोड फिरौती मागे । चिकित्सकलाई आशिषले बारम्बार फोन गरी अस्पताल र घरमा समेत बम राखी पड्काई अस्पताल र घर परिवारसमेतलाई ध्वस्त पारी दिन्छौँ भनी धम्क्याएका थिए ।

अस्पताल र घर परिवार सुरक्षित राख्ने भए रु तीन करोड तयार गरी नागढुङ्गामा लिइआउनु भनेर तर्साएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताउनुभयो । पछि उनीहरु रु दुई करोडमा झरेका थिए । उनीहरुले पैसा लिएर आफ्नो व्यक्तिगत खर्च टार्ने योजना बनाएको अनुसन्धानमा खुलेको सिंहले बताउनुभयो । यद्यपि उनीहरुले विदेश जाने खर्चको जोहो गर्न फिरौती माग गरेको बुझिएको छ । आशिष विदेश जाने तयारीमा समेत रहेको बताइएको छ ।

उनीहरुले राखेको बम नेपाली सेनाले यसअघि नै निष्क्रिय बनाएको थियो । यद्यपि त्यो सक्कली हो या नक्कली भनेर सेनाले रिपोर्ट दिइनसकेको सिंहले बताउनुभयो ।

बम राखेको सूचना प्रहरीमा आएपछि परिसरले प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरेको थियो । फिरौती रकम दिन तयार भएर प्रहरीले मिसन अपरेसन सुरु ग¥यो । उनीहरुलाई पक्राउ गर्नु अगाडि नै योजना बनाएको प्रहरीले फिरौती दिन जाने बहानामा दाजुभाइलाई पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौँ बस्ने २५ वर्षका आशिष र उनका भाइ अभिषेक पक्राउ परे । उनीहरुको बयानका आधारमा रोल्पाका ४० वर्षीय अम्मरबहादुर रोक्का पनि पक्राउ परेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । उनीहरुलाई अहिले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालेको परिसरले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope