सुदूरपश्चिममा थप २२ जनामा सङ्क्रमण,एकको मृत्यु


सुदूरपश्चिम प्रदेशमा सोमबार थप २२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८७३ जनाको नमूना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सात जनामा पीसीआर र १५ जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर विधिमार्फत गरिएको परीक्षणमा जिल्ला अस्पताल डोटीमा तीन, डडेल्धुरा अस्पताल र महाकाली अस्पतालमा दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा आठ, डडेल्धुराधामा तीन, कैलालीका दुई, दार्चुला र बझाङका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ७७ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसअघि आइतबार सुदूरपश्चिमका तीन जनामा सङ्क्रमण पुष्टि हुँदा १३ जना सङ्क्रमणमुक्त भएका थिए ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope