एक हजार ५६२ सङ्क्रमित थपिए, १९ जनाको निधन


आज एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९ दशमलव तीन प्रतिशत पुगेको छ ।

हाल सक्रिय सङ्क्रमित २६ हजार २०२ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० रहेका छन् । यस्तै आज एक हजार ५८९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३०३ सङ्क्रमति सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७० दशमलव दुई जनाको कोरोना सङ्क्रमणबाट निधन हुने गरेको छ ।

हाल ४५३ सघन उपचार कक्ष (आइसियु), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् । आज ८८ हजार १८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope