आफ्नो सीप बेचेर खानसक्ने


वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्राविधिक शिक्षाले नै बेरोजगारी समस्या समाधान गर्ने बताउनुभएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलगायतको टोलीसँग आज भएको भेटघाटमा उहाँले नेपाली युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले आफूले स्नातकोत्तरसम्मको अध्ययन गरेको भए पनि सीपमूलक नभएकाले जीविकोपार्जनमा शिक्षाको प्रयोग हुन नपाएको भन्दै अबको शिक्षा व्यावहारिक र प्राविधिक हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख शर्माले सिटिइभिटी माध्यमबाट धेरै नागरिक स्वरोजगार तथा रोजगार बन्नसकेको भन्दै अझ धेरैभन्दा धेरै युवालाई समेट्न सुझाव दिनुभयो ।

त्यस्तै प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफू पदमा हुँदा पनि र नहुँदा पनि प्राविधिक शिक्षाको विकासका लागि परेको धारणा राख्नुभयो । दुई हजार ५०० भन्दा धेरै विद्यार्थीलाई विभिन्न विषयका प्राविधिक ज्ञान दिने उद्देश्यले हेटौँडामा निर्माणाधीन बहुप्राविधिक विद्यालयको निर्माणको काम समयमै सम्पन्न गराउन ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope