पुल निर्माण अलपत्रः स्थानीयवासी आक्रोशित


बलेवा, ३० भदौ (रासस) ः पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो । यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । पुलको प्रारम्भिक अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेदेखिलागत इस्टिमेट तयार गर्नेसम्मका काम एक वर्षमै सकिए । सडक बोर्डले ठेक्का आह्वान गर्ने बेलासम्मका काम द्रुतमार्गमा नै सम्पन्न भए ।

सो पुल निर्माणका लागि विसं २०७२ को अन्त्यतिर बोलपत्र आह्वान भयो । न्यूनतम र आधारभूत मूल्यमा काम गर्न तयार भएको बोलपत्र पेश गरेका तीन कम्पनीले पुल निर्माणको जिम्मेवारी पाए । विसं २०७३ असोज ९ गते रसुवा÷श्री गीता÷फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरियो । पुल निर्माणको आवश्यक प्रक्रिया द्रुतगतिमा तयार भएपनि पाँच वर्षसम्म निर्माणाधीन आवस्थामा नै छ । जैमिनीघाटमा निर्माणाधीन पुलको काम थालेको पाँच वर्ष वितिसक्दासमेत ३५ प्रतिशत काम मात्रै भएको सडक डिभिजन कार्यालय बागलुङको तथ्याङ्क छ । ‘‘पुल छिटो बनाउने भनेर प्रारम्भिक काम छिटो गर्न लगायौं, तर समस्या देखाएर पुल बनिरहेको छैन’’ गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले भन्नुभयो, “बीचमा आएका समस्या सहजीकरण गरियो ।’’ पुलको बागलुङ र पर्वत दुबैतर्फ पिल्लर बनाउने काम मात्रै सकिएको छ । पिलरका लागि आवश्यक संरचना निर्माण र पुलको सुरक्षाका लागि लगाइने पर्खालको समेत केही काम भएको निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope