देशमै चौंथोमा स्याङ्जा प्रशासन


वालिङ, ३० भदौ (रासस) ः

गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ । गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७७÷७८ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको गृह मन्त्रालयबाट मूल्याङ्कन हुँदा स्याङ्जा गण्डकीमा प्रथम र देशैभरमा चौंथो भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

“प्रत्येक आर्थिक वर्षको सुरुआतमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच कार्यसम्पादन सम्झौता हुन्छ”, प्रजिअ नेपालले भन्नुभयो,“मन्त्रालय र प्रशासन कार्यालयबीच विभिन्न छ वटा सूचक तथा उपसूचकको कार्यान्वयनलाई मूल्याङ्कनको आधार बनाउने गरिन्छ ।” सम्झौता भएका सूचक तथा उपसूचकलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वर्षभरिको कार्ययोजना बनाएर कार्यान्वयन गरेसँगै सफलता मिलेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले बताउनुभयो ।

गृह मन्त्रालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह, लेखा व्यवस्थापनलगायतका विभिन्न छ वटा सूचक र उपसूचकहरुको अङ्कभारका आधारका मूल्याङ्कन गर्दै आएको छ । चालू आवका लागि पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय स्याङ्जाबीच कार्यसम्पादन सम्झौता भइसकेको छ ।–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope