सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत


पोखराका क्रियाशील पत्रकार दीपक परियार सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत हुनुभएको छ ।

सहारा क्लब पोखराले स्थापना गरेको सो पुरस्कार आज क्लबको २२औँ वार्षिकोत्सव तथा १२औँ अधिवेशनका अवसरमा आयोजित समारोहमा परियारलाई प्रदान गरिएको हो ।

गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ, क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले कान्तिपुर दैनिकका पोखरा संवाददाता रहनुभएका परियारलाई सम्मानपत्र, खादा, दोसल्ला र नगद रु २० हजार ५५५ बाट पुरस्कृत गर्नुभयो ।

पत्रकारिताका माध्यमबाट खेल तथा खेलाडीको विकासमा योगदान गरेकामा प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार परियारलाई पुरस्कृत गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । क्लबले बर्सेनि एक जना खेल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री गुरुङले क्लबले सञ्चालन गर्दै आएको सहारा एकेडेमीका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले सहाराले आयोजना गर्ने आहा रारा गोल्डकपमा आर्थिक सहयोग गर्दै आएकाले यस वर्ष स्तरीय विदेशी खेलाडी ल्याउन सकेको खण्डमा सोको खर्चसमेत मन्त्रालयले बेर्होने मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

सहाराले विसं २०६३ देखि पोखरा–१७ दोविल्लामा २६ रोपनी क्षेत्रफलमा आफ्नै भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हाल विभिन्न जिल्लाका २६ जना किशोरले आवासीयरूपमा फुटबल प्रशिक्षण तथा शिक्षा लिइरहेका छन् । सहाराले बर्सेनि आयोजना गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मोफसलकै उत्कृष्ट प्रतियोगिता बन्दै आएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope