प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी कोरोना सङ्क्रमण


पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ अन्तर्गत मोरङमा सबैभन्दा बढी ११३ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये विराटनगर महानगरपालिका मात्र ६३ जना आज सङ्क्रमित भएका छन् ।

चौध जिल्ला रहेको प्रदेशमा सो अवधिमा झापामा १०४, सुनसरीमा ८३, धनकुटामा पाँच, इलाम र उदयपुरमा चार/चार, भोजपुरमा दुई र प्रदेश बाहिरका पाँच जना गरी कूल ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सोही अवधिमा एक हजार हजार १८१ को पीसीआर परीक्षण गर्दा ३२० र ६९४ को एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

एक सय ३७ स्थानीय तह रहेको प्रदेशमा स्थानीय तह अनुसार ४२ वटा स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, सुन्दरहरैँचा र बेलबारीमा १३/१३, लेटाङमा आठ, बूढीगङ्गामा तीन, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा दुई/दुई, उर्लाबारी, रङ्गेली र ग्रामथानमा एकएक, झापाको दमकमा २४, विर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा सात, गौरादह र भद्रपुरमा छ/छ, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा पाँच/पाँच, हल्दिबारीमा तीन, झापा गाउँपालिकामा दुई, शिवसताक्षीमा एक, सुनसरीको इटहरीमा ५२, धरानमा नौ, दुहवी र रामधुनीमा छ/छ, इनरुवामा चार, बराह क्षेत्रमा तीन, गढीमा एक र स्थानीय तह नखुलेका दुई, धनकुटाको धनकुटा नगरपालिकामा चार र शहीदभूमिमा एक, इलामको चुलाचुली र माईमा एक÷एक र स्थानीय तह नखुलेका दुई, उदयपुरको कटारीमा दुई, त्रियुगा र उदयपुरगढीमा एक/एक, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टमा कोरोना सङ्क्रमणबाट चार महिलासहित पाँचको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope