‘टुल्की’का कुरा


हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक गरिएको छ । ‘द पाल्म ग्रुपद्वारा’ निर्माण गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ बुधबार राजधानीस्थित वान सिनेमा नयाँ बानेश्वरमा पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा देशका उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिनुभयो । ‘टुल्की’ मा डोल्पाको तल्लो भेगमा रहेको ब्राह्मण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्पाको शेर्पा समुदायमा हुर्केका केटा बीचको प्रेम सम्बन्धलाई उजागर गरिएको लामाले बताउनुभयो ।

‘टुल्की’ प्रेम विवाह गरेर माथिल्लो डोल्पा पुग्छिन्, संस्कारका नाममा घरका सबै भाइको जबर्जस्ती यौन प्यास मेटाउने माध्यम बन्छिन्, त्यसपछि ‘टुल्की’ ले बदलाको भावना लिँदै आफूसहित सबै घरपरिवारको हत्याको बाटो रोज्छिन्”, लामाले भन्नुभयो ।

चलचित्रमा फरक संस्कारमा हुर्केकी ‘टुल्की’ को जीवनमा संस्कारका नाममा आइपरेको सामूहिक यौन शोषणको कहालीलाग्दो घटनालाई विशेषरूपमा प्रस्तुत गरिएको लामाले बताउनुभयो ।

बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य कुनै पनि भाइले बिहे गर्नु पर्दैन भने तिनै महिलाबाट सबै भाइले सामूहिक सन्तान जन्माउने र घर गृहस्थी चलाइन्छ । यो चलचित्र निर्माणका लागि झण्डै चार वर्ष अनुसन्धान गर्नुपरेको र निर्माणका लागि झण्डै रु एक करोड लागेको निर्माण पक्षले जनाएको छ ।

नेपालमा अहिलेसम्म बनाइका सबै चलचित्रभन्दा भिन्दै र सन्देशमूलक चलचित्र रहेको निर्माण पक्षको दाबी छ । चलचित्रको निर्देशन तथा छायाङ्कन देवजङ्ग थापाले गर्नुभएको छ भने वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिंह कठायतलगायत कलाकारको अभिनय रहेको ।

चलचित्रमा सञ्जीव लिम्बुले सङ्गीत भर्नुभएको छ । सम्पादन किम्मे थापाले गर्नुभएको छ । निर्माता लामा र आरपी कर्माचार्यको संयुक्त लगानीमा चलचित्र निर्माण गरिएको हो । निर्माणको सबै काम सकिसकेकाले केही समयमै चलचित्र प्रदर्शनमा ल्याइने बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope