स्वतन्त्रता हनन् हुनेगरी ऐन बन्दैन : अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुनेगरी कुनै पनि ऐन तथा नियम नबनाउने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा आज शुरु भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ मा उहाँले लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वन्त्रताको पक्षमा काम गर्ने बताउनुभयो ।

विगतमा कमीकमजोरी र गल्तीहरू केही भएको भए त्यसलाई सच्च्याउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पत्रकारिता स्वतन्त्रताको विषय भएको बताउँदै मन्त्री शर्माले सङ्घर्ष र आन्दोलन भइरहँदा पत्रकारिताले सबै पक्षको अनुगमन गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारका राम्रो नराम्रो पक्षलाई आमजनतासम्म लाने तथा जनताको आवाजलाई सरकारसम्म पु¥याउने सम्वाहकको काम गरी पत्रकारिता जगत्ले ठूलो योगदान गरेको उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । अधिकार स्वतन्त्रताको विस्तृत रूप हुनुपर्ने र स्वतन्त्रताको जगेर्नाका लागि ऐन कानून पनि त्यहीअनुसार बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले महासङ्घले दिएको सल्लाह सुझावका आधारमा काम गर्ने बताउनुभयो ।

प्रतिगमनका विरुद्ध अग्रमोर्चामा उभिएर खबरदारी गर्ने र राजनीतिक पार्टीलाई ठीक बाटोमा लैजान पत्रकारिता जगत्ले खेलेको भूमिकाको कसैले पनि अबमूल्यङ्कन गर्न नसक्ने उल्लेख उहाँले कमीकमजोरी हुँदा सञ्चार जगत्ले गरेको आलोचना तथा सकारात्मक काम गर्दा पाएको प्रेरणालाई आधार बनाएर नै आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिताको विकास र व्यावसायिक रूपमा भएको योगदानको विषयमा एकीकृत गर्न नसकेको उल्लेख गर्दै त्यसको थालनी एशोसिएट प्रदेश समितिले गरेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले महासङ्घको बन्ने नीति तथा कार्यक्रममा विधागत पत्रकारिताको आधारमा नै अगाडि बढ्ने बताउनुभयो । महासङ्घले बनाएको तीन वर्षे कार्ययोजनामा पनि विभिन्न किसिमका आयामलाई समेट्नुका साथै छापा, टेलिभिजन, रेडियो र अनलाइन गरी चार विधालाई साङ्गठनिक र व्यावहारिक जीवनमा अवलम्बन गर्दै अगाडि बढ्न महासङ्घ प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले कोभिडको कारणले अस्तव्यस्त भएको प्रेस जगतलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधामा काम गर्नेमध्ये कोरोना सङ्क्रमित भएर पनि कार्यक्षेत्रमा निरन्तर खटेर काम गरिरहेका ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, खेलकूद पत्रकारितातर्फ जीतबहादुर साउद, सामाजिकतर्फ गोविन्द मरासिनी, कार्टुनिष्ट विनोदचन्द मल्ल ठकुरी, फोटो पत्रकार चन्द्रबहादुर आले र आर्थिक पत्रकार मेनुका कार्की पुरस्कृत हुनुभएको हो । पत्रकारिता क्षेत्रमा रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ पत्रकार मोहनश्याम महर्जन, गेहेन्द्रमान अमात्य र श्याम चित्रकारलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ । सम्मेलन शनिबार सम्पन्न हुनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope