‘न्यायसम्पादनमा सबैको भूमिका महत्वपूर्ण’

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले समाजमा न्याय निरुपणका लागि सरोकारवाला सवैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
सर्वोच्च अदातलद्वारा आज पोखरामा आयोजित न्यायपालिकाको रणनीतिक योजनाको कार्यान्वयन तथा फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रत्येक नागरिकले न्यायको अनुभूति हुने गरी न्याय सम्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । न्यायप्रणालीलाई समय सापेक्ष छिटोछरितो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि साधनस्रोेतको अभाव हुन नदिनेतर्पm राज्य लाग्नुपर्नेमा उहाँको जोड थियो । कोरोना कहरका कारण न्याय सेवा पनि प्रभावित भएको उल्लेख गर्दै न्यायाधीश कार्कीले यसका कारण मुद्दा फछ्र्याैटमा ढिलासुस्ती हुन गएको स्पष्ट पार्नुभयो ।
कोरोनाको कारण अदातलको सेवा बन्द हुँदा न्यायसम्पादनमा अप्ठयारो परेपनि त्यस अवधिमा पैmसलाको लेखन प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । सर्वोच्च अदालतका अर्का न्यायाधीश सपना मल्ल प्रधानले न्याय सम्पादनलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिंँदै प्रविधियुक्त न्याय सम्पादन प्रणाली अहिलेको आवश्यकता भएको बताउनुभयो ।
समाजका गरिब, निमुखा तथा असहाय सबैले न्याय पाउने गरी सेवा प्रवाह गर्नुपर्न बताउँदै उहाँले आर्थिक विपन्नता, गरिबी आदि कारणवाट न्याय नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश बालकृष्ण उप्रेतीले प्रविधिमैत्री न्याय सम्पादनका लागि आवश्यक पूर्वाधार एवं दक्ष जनशक्तिको आवश्यकता औँल्याउनुभयो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले सरोकारवाला सबै पक्षको रायका आधारमा न्यायसम्पादन गर्दै आएको बताउँदै न्याय प्रणालीमा कागजलाई विस्थापित गर्दै प्रविधियुक्त बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । सर्वोच्च अदालतका सह–रजिष्टार विमल पौडेलले रणनीतिक योजना तथा फरक मुद्दा व्यवस्थापन पद्धति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, न्याय क्षेत्रसँग सम्बन्धित सङ्घसंस्था, स्थानीय तह, नागरिक समाज लगायतको सो कार्यक्रममा सहभागिता रहेको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस