स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’


स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय समयअनुसार आइतबार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी वायुमण्डलमा फैलिँदा कम्तीमा पाँच हजार व्यक्तिलाई उनीहरूको बस्तीबाट सुरक्षितस्थलतर्फ सारिएको छ । “धेरै घरहरू ध्वस्त भएका छन्,”, एक क्षेत्रीय सरकारी प्रवक्ताले एएफपीसँग भने । ज्वालामुखीका कारण भएको क्षतिबारे लेखाजोखा भइरहेको बताइएको छ ।

नजिकैको एल पासो गाउँका स्थानीय मेयर सर्जियो रोडरिगेजले टापूमा आएको कम्ब्रे भिजा ज्वालामुखीले कम्तीमा पनि २० वटा घर पूरै ध्वस्त भएको बताउनुभयो भने उक्त स्थानमा ५० वर्षपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको हो । “लाभा उडेको मार्गमा करिब दुई किलोमिटरसम्म यसको प्रभाव परेको देखिएको छ,” रोडरिगेजले ‘टीभीई च्यानल’ लाई जानकारी दिँदै स्थानीय बासिन्दाहरू अझै थप क्षति हुनसक्ने भयबीच वस्तीहरूबाट भागिरहेका छन् भने प्रशासनले उनीहरूलाई केही दिन घर नफर्किन आग्रह गरेको छ ।

स्पेनी सञ्चार माध्यमले उक्त विस्फोटले १०० भन्दा बढी घरलाई असर गरेको हुन सक्ने बताएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त विस्फोटपछि संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्क जाने निर्धारित यात्रालाई पछि सार्नुभएको छ । उहाँ आइतबार साँझ अबेर घटनास्थलमा पुगी घटनाबारे जानकारी लिनुभएको छ । सबै सेवाहरू समन्वयित ढङ्गमा सञ्चालन भएका छन्,“ सान्चेजले ट्विटरमा उल्लेख गर्नुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope