सङ्कटमा प¥यो ठेकी बनाउने व्यवसाय


कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुनुहुन्थ्योे ।

बाउबाजेले सिकाएको पुख्र्याैली ठेका बनाउने कलामा उहाँ अब्बल हुनुहुन्छ । उहाँजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्नुहुन्थ्यो तर दुई वर्ष भयो न उहाँहरुले नयाँ ठेकी बनाउन पाउनुभएको छ न व्यापारका लागि घुम्नडुल्न नै ।

जिल्लाका बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन् । जङ्गलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गरेका छन् । कोरोनाका कारण उनीहरुको काम र व्यापार ठप्प छ । पछिल्लो समय बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गएका बेला महामारीले हुने गरेका व्यापारमा समेत अवरोध गरेको पूर्णबहादुर बताउनुहुन्छ । “दुई वर्ष भयो घर छोड्न पाइएको छैन, काठ खोज्न जानु न ठेका कुँद्नु”, उहाँले भन्नुभयो, “अब त खुल्यो भने पनि प्लाष्टिकका भाडाले काठका भाडा नखोज्ने बनाउँछ होला ।”

ठेकाका लागि आवश्यक पर्ने गिठेदार बागलुङमा पाइँदैन । गुल्मी र पाल्पा पुगेर कालीगढले कहिले काठ ल्याउने त कहिले ठेकी नै उतै कुँदेर ल्याउने गरेका थिए । बन्दाबन्दीले उनीहरुको दिन दैनिकीमा असर गरेको छ । जिल्लामा उत्पादन हुने ठेकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन् । गिठेदारको ठेकीलाई व्यवसायीले मानाको रु ७०० देखि एक हजारसम्ममा बिक्री गर्ने गरेका छन् । स्थानीय काठबाट ठेकी बनाउन कठिन हुने र उपभोक्ताको माग पनि गिठेदारनै हुने भएका हात पट्याएर बस्नुपरेको टेकहादुर बताउनुहुन्छ । चाडपर्वको बेला गाउँ गाउँमा ठेका बोकेर डुल्ने उनीहरु दुई वर्षदेखि घरमै छन् ।

“दशैँ र चैतेदशैँैमा बागलुङ कालिका आसपासमा राखेर ठेका बेचिन्थ्यो, काठका भाडा खुब खोज्थे”,उहाँले भन्नुभयो, “फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथी कोरोनाले थला पार्यो ।” मेहेनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ । काठका भाडामा राखेको दुग्धजन्य पर्दा मीठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले व्यवसाय नै सङ्कटमा पर्न थालेको चुँदारा समुदाय बताउँछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope