गण्डकी प्रदेश सरकारका सय दिनः विपद् उद्धार राहतदेखि कोरोना नियन्त्रण


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यावधिमा प्राकृतिक विपद्को उद्धार तथा राहतदेखि कोरोना रोकथाम र नियन्त्रण लगायतमा महत्वपूर्ण उपलिब्ध हासिल भएको जनाएको छ ।

रकारका सय दिनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आर्थिक वर्षको अन्त्यमा सरकारको जिम्मेवारी लिँदै गर्दा अघिल्लो सरकारले कार्यान्वयन गरिरहेका कार्यक्रमको कार्यान्वयनमा जोड दिँदै सोही बजेटको सीमितताभित्र रही जनताका तत्कालका आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो । सरकार गठन भएको दुई दिनमा नै वार्षिक नीति तथा कार्यक्रम तयार गरी प्रदेशसभामा पेश गरिएको बताउँदै उहाँले वार्षिक विकास कार्यक्रम तथा बजेट छोटो समयावधिमा नै तयार गरी प्रदेशसभाबाट पारित भएको जानकारी गराउनुभयो । वर्षातको सुरुआतसँगै मौसमी प्रतिकूलताका कारण गण्डकी प्रदेश बाढीपहिरो र विपद्जन्य घटनाबाट आक्रान्त बनेको उल्लेख गर्दै उहाँले यसको उद्धार तथा राहतका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी दिनुभयो ।

कोभिड १९ को सङ्क्रमणको रोकथाम गर्न खोप एक मात्र उपायको रुपमा देखिएकोले सोही अनुसार प्रदेशका आम नागरिकलाई खोप उपलब्ध गराउन प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रममा नै खोप व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी पर्याप्त बजेट समेत विनियोजन गरेको उहाँले उल्लेख गर्नुभयो । “हालसम्म कोभिड विरुद्धको पहिलो खोप ६ लाख १० हजार ४३० जनालाई र दोस्रो डोज खोप चार लाख ५३ हजार ८९७ जनालाई प्रदान गरिएको छ”, उहाँले भन्नुभयो ।

मनाङ र मुस्ताङ जिल्लालाई साउन १९ गते नेपालमै पहिलो पटक कोभिड– १९ विरुद्धको पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । मुख्यमन्त्रीको पदवहालीका अवसरमा गत जेठ २९ गते महिलामा लाग्ने स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क उपचार गर्ने घोषणा गरी त्यसलाई कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । सङ्घीयताको मर्म बमोजिम मौद्रिक नीतिमा प्रदेशका आवश्यकता सम्भावना र प्राथमिकता समावेश गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ सरोकारवालासँग छलफल गरी नेपाल राष्ट्र बैंकलाई लिखित सुझाव पठाइएको जानकारी दिँदै उहाँले प्रदेशमा लगानी सम्मेलन गर्ने सम्बन्धमा लगानी बोर्डका अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य र योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद्सँग छलफल गरिएको जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope