दलित पत्रकार सङ्घद्वारा पत्रकारिता पुरस्कार स्थापना


राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच ÷ पाँच हजार छ ।

भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार र नीता रसाइलीको आर्थिक सहयोगमा सङ्घले ती पुरस्कार स्थापना गरेको हो । यसका लागि द्विपक्षीय सम्झौता समेत भएको छ ।

सम्झौतापत्रमा सङ्घका अध्यक्ष अमिर रामदाम र व्यवसायी सुनारले हस्ताक्षर गर्नुभएको छ । सो पुस्कार हरेक वर्ष देशभरका दलित पत्रकारमध्येबाट एक, चितवनका एक र जिल्लाकै क्रियाशील पत्रकारमध्येबाट एक जनालाई अर्पण गरिने जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope