डुमे्र–बँेसीशहर सडक एकतर्फी सञ्चालन


सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बँेसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

सडकभन्दा माथिको ढिस्को खसेर लेदोसहितको पहिराले सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए । उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालयका सहयोगमा जेसिभी प्रयोग गरी पहिरो पन्छ्याएर दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको छ । “दुईतर्फी रुपमा बाटो सुचारु गराउन केही समय लाग्ने देखिएको छ,” उहाँले भन्नुभयो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope