सुवालको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन


पातञ्जल योग समिति नेपालको दोस्रो महाअधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले योग गुरु बालमुकुन्द सुवालको नेतृत्वमा ५१ केन्द्रीय पदाधिकारी एवं सदस्य चयन गरेको छ ।

भक्तपुरमा सम्पन्न महाधिवेशनले समितिको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा राजभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा जानुका भट्टराई, महासचिवमा नवराज काफ्ले र कोषाध्यक्षमा गीताप्रसाद नेपालसहित ५१ जनाको केन्द्रीय नेतृत्व चयन गरेको महासचिव काफ्लेले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्कालाई केन्द्रीय समितिको सल्लाहकारमा मनोनित गरिएको छ । समितिको प्राज्ञिक परिषद्को अध्यक्षमा डा क्षितिज बराकोटीलाई चयन गरिएको छ भने डा चन्द्रमणि खनाल प्रमुख संरक्षकत्व रहेको समितिमा मदनराज पाण्डेलाई संरक्षकमा मनोनित गरिएको काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा समितिको स्थापना कालदेखि योगको संस्थागत उद्देश्य प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै डा हरिप्रसाद पोखरेल, डा चन्द्रमणि खनाल, पूर्वजिल्ला शिक्षा अधिकारी शङ्कर मानन्धर, दीपक भण्डारी र समितिका संस्थापक राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीलाई सम्मान गरिएको थियो । सो अवसरमा बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री खड्काले योगको महत्व देशभरि फैलाउनुपर्ने बताउँदै प्रत्येक व्यक्तिको पहुँचमा योग साधना पु¥याउनु आवश्यक रहेको औँल्याउनुभयो ।

महाधिवेशनले संस्थाको परिकल्पना, उद्देश्य र लक्ष्य पूरा गर्न पाँचवर्षे रणनीतिक योजना पारित गरेको नवनिर्वाचित अध्यक्ष बालमुकुन्द सुवालले जानकारी दिनुभयो । विद्यमान मस्यौदा समितिले परिमार्जन गरेको संस्थाको विधानलाई महाधिवेशनले पारित गरेको छ । आवश्यकरूपमा परिमार्जन पातञ्जल योग समिति नेपाललाई देशका ७७ वटै जिल्लामा विस्तार गर्दै लैजाने र योगलाई गाउँगाउँसम्म पु¥याउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनमा विभिन्न जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope