प्रशिक्षक तालिम सञ्चालनलाई सम्झौता


काठमाडौँ, ६ असोज (रासस) ः

वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न चारवटा राष्ट्रिय खेलकुद सङ्घसँग प्रशिक्षक तालिम सञ्चालनका लागि आज सम्झौता गरेको छ । वाग्मती प्रदेशले नेपाल ब्याडमिन्टन, नेपाल एथलेटिक्स, नेपाल रग्बी र नेपाल आइटिएफ तेक्वान्दो सङ्घसँग सम्झौता गरेको हो । वाग्मती खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङ, तेक्वान्दोका अध्यक्ष अन्जन धमला र एथलेटिक्स सङ्घका तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग सम्झौतपत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार एथलेटिक्सको प्रशिक्षक तालिम त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही असोज ९ देखि १३ गतेसम्म हुनेछ । आइटिएफ तेक्वान्दोको तालिम यही असोज १६ र १७ गते रामेछापमा हुनेछ भने रग्बीको असोज १९ र २० गते चितवनमा हुनेछ । त्यस्तै आगामी कात्तिक ५ र ६ गते ब्याडमिन्टनको तालिम राष्ट्रिय खेलकुद परिषद्को (राखेप) कभर्डहलमा हुनेछ । यी चार तालिम सञ्चालनका लागि वाग्मती प्रदेशले रु २० लाख बजेट छुट्याएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope