माओवादी अब अघि बढ्छ


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “जनताले विसं २०६४ को भन्दा धेरै मत दिएर विजयी गराउन चाहेका छन् । वडादेखि केन्द्रसम्म एकताबद्ध भएर जनतामा जाँदा पार्टीको जित सुनिश्चित छ, देशलाई राम्रोसँग अघि बढाउनसमेत माओवादीले जित्नुको विकल्प छैन ।”

माओवादी जहिले पनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाइ अध्यक्ष दाहालको छ । जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुनःपरिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यथास्थितिमा एमसीसी पारित हुने स्थिति बन्दैन, उठेका प्रश्नको ‘सोलुसन’ गरेर मात्र यसका बारेमा सोच्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु, एमसीसीका कारण अहिलेको पाँच दलीय गठबन्धन टुट्दैन, प्रभाव पनि पार्दैन ।” बागमती प्रदेश र प्रदेश नं १ मा पनि अबको हप्ता दश दिनभित्रमा गठबन्धनको सरकार बन्ने जानकारी उहाँले दिनुभयो ।

पार्टी स्थायी समितिका सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्दा जित सुनिश्चित हुने बताउनुभयो । पार्टी प्रदेश समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य हरि अधिकारी(कुमार)ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पार्टी सदस्यता नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि अघि बढाइएको जानकारी दिनुभयो ।

केन्द्रीय समितिबाट पारित सङ्गठनात्मक कार्य तोकिएको समयभित्रै भइरहेको बताउँदै उहाँले जनवर्गीय सङ्गठनका कामलाई समेत छिट्टै सुरु गरिने जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope