तीनको डुबेर मृत्यु


सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घरदेखि पाँच मिटर पश्चिमपट्टि रहेको आफ्नै पोखरीमा नुहाउने क्रममा उनी डुबेका थिइन् ।

निजको आफ्नै काका रामकुमार चौधरीले पोखरीमा डुबेको देखेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाँदा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सप्तरी महादेवा गाउँपालिका–४ परसाही टोलमा समेत सार्वजनिक पोखरीमा बस्ने अमृत सदाको ३० वर्षीया छोरी लक्षनकुमारी सदाको डुबेर मृत्यु भएको छ । पोखरीमा भाडा मस्काउन जाँदा छारे रोग भई पानी देखी अचानक लडेपछि उनी डुबेकी थिइन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope