प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण


नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत सबै हतियार कमान र स्टाफ कोर्स सिसं ३ का ५० जना अधिकृतबाट प्रहरी प्रधान कार्यालयको आज अवलोकन भ्रमण भएको छ ।

सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेस्क र सङ्ग्रहालयसमेतको अवलोकन गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अवलोकनपश्चात् आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणका क्रममा तालिमरत अधिकृतले नेपाल प्रहरी सङ्गठनको इतिहास एवं कार्य प्रकृतिसम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीसम्बन्धी विविध विषयमा तालिमरत अधिकृतले राखेका जिज्ञासाको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सबै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताउनुभयो । आउँदा दिनमा समेत सकारात्मक कार्य सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदानप्रदान हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope