‘तपाईँको मास्क खोइ ?’


‘तपाईँको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म कूल ११ लाख ५३ हजार ४७० सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरिएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन स्थानमा सात हजार ३७९ लाई मास्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत दैनिकरूपमा सर्वसाधारण नागरिकलाई निःशुल्क मास्क वितरण गरिँदै आएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईँको मास्क खोइ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने ८६९ लाई रोकी सम्झाइबुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत आठ हजार ७३९ लाई सचेत गराइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope