डुबेर बेपत्ता किशोरको शव फेला

दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।
सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बिगु गाउँपालिका–४ लादुकका १८ वर्षीय टीकाराम तामाङको शव आज बिहान प्रहरीले फेला पारेको हो ।
तामाङको शव पोखरीभित्र हिलोमा गाडिएको अवस्थामा आज बिहान फेला परेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । घर नजिकै शान्ति आर्दश माविसँगै रहेको पोखरीमा तामाङ हिजो दिउँसो साथीसँग पौडी खेल्न गएको र पोखरीमा डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय सिङगटीको टोली घटनास्थलमा खोजीको लागि पुगेको भए पनि राति खोजी गर्न समस्या भएपछि स्थानीयवासीको सक्रियतामा आज बिहान शव फेला पारेको प्रहरीले जनाएको छ ।
परीक्षणका लागि शवलाई चरीकोट अस्पतालमा ल्याउने तयारी भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस