छिमेकीको साथ

असल छिमेकी संस्था पोखराले बन्दिपुरमा बाढीपहिराले घरबारविहीन भएकालाई सहयोग गरेको छ ।
बाढीपहिरा पीडित बन्दिपुर गाउँपालिकाका ५८ घरधुरीलाई खाद्यन्नलगायत राहत सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ । बाढीपहिराले पूर्ण क्षति भएका घर छाउनका लागि जस्तापाता सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
बन्दिपुर–२ खहरे र बन्दिपुर– १ र ३ मा बाढीपहिराले घर भत्किएर घरबिहीन भएका २१ जना चेपाङ समुदायका व्यक्तिलाई जस्तापाता सहयोग गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक घर परिवारलाई करिब रु ४५ हजार मूल्य बराबरको जस्तापाता प्रदान गरेका छौं ।” गाउँपालिकाले विपद्मा परेकालाई सहयोग गर्न विभिन्न सङ्घसंस्थासँग हातेमालो गर्दै अघि बढिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सु्वेदीले जानकारी दिनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस