हराउन थाल्यो दुनाटपरी


बजारबाट ल्याउने प्लास्टिकका थाल र पिलेटको प्रयोग बढेसँगै मौलिक रैथाने परम्परागतका दुना टपरीको प्रयोग गाउँघरबाटै हराउन गएको छ । प्लास्टिकका थाल र पिलेट प्रयोग गर्न सजिलो, नयाँ पुस्तामा दुनाटपरी लगाउने सिपको कमी र दुनाटपरीप्रतिको बेवास्थाका कारणले यसको प्रयोग हराउँदै गएको हो ।

धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि वृद्धवृद्धा चिन्तित हुन थालेका छन् । विगतमा नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत शुभकार्यमा सालको पातको दुना , दुना टपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला शहर, बजारमा मात्र नभई गाउँघरबाटै हराउँदै जाँदा चिन्ता लागेको दोर्दी गाउँपालिकाका ९० वर्षीय राधा घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी सिलाउन्थ्यो । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको उहाँले बताउनुयभो ।

दोर्दी –३ श्रीमञ्जाङका ७६ वर्षीय बुद्धिमान श्रेष्ठले विवाह, पूजाआजामा समेत गाउँलेले बनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी बनाएर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा विस्तारै दुनाटपरी हराउँदै गएको जानकारी दिनुभयो । प्लास्टिकका भाँडाले गाउँ समाज ओगट्न थालेको जनाइएको छ । दसैँमा आउने पाहुना तथा आफन्तजनलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफू नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उहाँले दुखेसो राख्नुभयो ।

राइनास नगरपालिकास्थित हर्राबोटकी ७२ वर्षीया लालमाया श्रेष्ठ भन्नुहुन्छ, “पहिलापहिला सालको पात टिपेर ल्याइ बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो । पूजाआजामा प्रसाद यसैमा राखि खाइन्थ्यो, बाँडिन्थ्यो । शहरबजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो । यस गाउँबाट समेत दुनाटपरी बनाएर केही समयअघिसम्म विभिन्न शहरमा पु¥याउने गरिएको उहाँले बताउनुभयो ।

दसँै, तिहार, सत्यनाराण पूजामा समेत गाउँलेले प्रयोग गर्दै आए तापनि अहिले दसैँ सुरु हुन लाग्दासमेत साल टिप्न चासो नदेखाएको र यसरी बेवास्ता गर्दा धर्मसंस्कृतिसँग समेत जोडिने गरेको यस्ता परम्परागत सालको पातबाट बुनेको दुनाटपरी लोप हुन थालेको छ ।

नेपाली समाज बिस्तारै आधुनिक जमनासँगै विदेशीको नक्कल गर्न थालेकाले परम्परागतभन्दा विदेशी वस्तुमा नै रुचि बढ्नाले दुनाटपरी हराउँदै गएको समाजका बुद्धिजीवीको भनाइ छ । सालको पातको दुनाटपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो, छरितोका लागि पछिल्लो समय प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा परम्परागत दुनाटपरी हराउँदै गएको दुनाटपरी व्यवसाय गर्दै आउनुभएका बेँसीशहर–७ का दिलीप श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म पसलमा दुनाटपरी खोज्न आउने गरेकामा अहिले प्लाष्टिकबाट बनेको थाल र पिलेटको माग बढी हुन थालेको छ ।

बँेसीशहरका देवीदास बरालले भन्नुभयो, “सालको पातको दुनाटपरी सुद्धताको प्रतीक हो ।” कहिले पनि जुठो हुँदैन । यसको धार्मिक मूल्यमान्यता रहेको छ । यस्ता कुराको सबैले चासो राख्न सकेमा मात्रै सालको पातको दुनाटपरीको प्रयोग बढ्नसक्ने उहाँले बताउनुभयो । सालको पातको टपरी बनाउन समय र सीप लाग्ने बेँसीशहरका युनिका घिमिरेले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope