उपन्यास मोचनको बिमोचन

काठमाण्डौ,१६ असोज
आज साहित्यकार डा.तुलसी आचार्यद्धारा लिखित उपन्यास मोचनको विमोचन भएको छ । समालोचक तथा कवि महेश पौड्याल, प्राध्यापक ज्ञानु अधिकारी, आख्यानकार तथा सम्पादक राजन मुकारुङ र सन्चारकर्मी टिकाराम यात्रीले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको हो ।
विमोचन कार्यक्रममा उपन्यासले उजागर गरेका वा देखाउन खोजेको विविध पक्षमा प्यानल छलफल भएको थियो । समसामायिकता र पुरुष मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा आफू विश्वस्त रहेको कार्यक्रममा उपस्थित प्रस्तोताहरूले बताउनु भयो ।
कार्यक्रमको संचालन सरोज घिमिरेले गर्नुभएको थियो भने शुभकामना मन्तब्य उपन्यासका प्रकासक फिनिक्स बुक्सका गणेश सुवेदीले गर्नुभएको थियो ।
न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ ।
नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ ।
लेखक आचार्यको यो नेपाली भाषाको पहिलो उपन्यास हो भने अंग्रेजी उपन्यास “रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड” पछिको दोस्रो हो । उनको अंग्रेजी गैर आख्यान पुस्तक “सेक्स, जेण्डर र डिसेबिलिटि” भन्ने पुस्तक लण्डनको प्रकाशन रुट्लेजले विस्व बजारमा ल्याइसकेको छ ।
उक्त कार्यक्रममा लेखक, पत्रकार, साहित्यकार तथा पाठकहरुको उल्लेखनिय उपस्थिति थियो ।
साहित्य तथा सृजनशील लेखनमा स्नातकोतर गरेका आचार्यका पुस्तक अनलाईन गुगल गरेर पनि किन्न सकिन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस