‘आत्मदीपन’ : चित्रमार्फत उज्यालोको खोजी


नवलपुर, १८ असोज (रासस) : भित्तामा झुण्ड्याइएका तस्वीरमध्ये कुनामा एउटा फरक तस्वीर छ । हातले कोरिएको मानिसको चित्रमा कपाल मुण्डन गरिएको अनि निधारमा रातो टीका छ । जुँगा काटिएको तर लामा लामा दाह्री छन् । गेरु बस्त्र धारण गरेको मान्छेको घाँटीमा भने क्रस (जिसस) चिह्न भएको माला छ । जुन तस्वीरले सबैको ध्यान सजिलै खिचेको छ । एउटै व्यक्तिलाई कतिकति धेरै प्रकारको रुप धारण गरिएको । तस्वीरले सबैको ध्यान खिचे पनि यसको अर्थ बुझ्न भने अलि कठिन नै छ । चित्रकार प्रकाश थापा ‘प्रथा’ले कोर्नुभएको उक्त तस्वीरले सबै जसरी गए पनि पुग्ने ठाउँ भनेको एउटै हो भन्ने अर्थ दिन खोजेको छ । “यो चित्रको मुण्डन गरिएको टाउको र टीकाले हिन्दु, जुँगा काटेर दाह्री पालेको हुँदा मुस्लिम, गेरु बस्त्रले बौद्ध तथा घाँटीमा लगाएको क्रस मालाले क्रिश्चियन भन्ने अर्थ बुझाउँछ”, कलाकार थापा भन्नुहुन्छ, “यो तस्वीरले मान्छेको आकारप्रकार संसारभरि एउटै हुन्छ, दिमाग फरक हुन्छ, जाने ठाउँ एउटै हुन्छ, तर पुग्ने ठाउँ एउटै हुन्छ भनेर भन्न खोजेको हो ।”

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-४ स्थित किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ चित्रकला प्रदर्शनी भइरहेको छ । हामी कलाकार, त्रिवेणी साहित्य परिषद् र कलावती आर्ट काउन्सिलको आयोजनामा आयोजना गरिएको प्रदर्शनी दसैँको पूणर्िमासम्म सञ्चालन हुनेछ । सो प्रदर्शनीमा नवलपुर तथा चितवनका विभिन्न १७ कलाकारले कोरेका ५२ तस्वीर राखिएका छन् । मन परेको तस्वीर प्रदर्शनीस्थलबाटै किन्ने व्यवस्थासमेत मिलाइएको छ । प्रदर्शनीमा राखिएका तस्वीरले शीर्षकलाई प्रतिनिधित्व गर्ने कलाकार थापाले बताउनुभयो । “प्रदर्शनीमा राखिएका तस्वीर शीर्षकअनुसार भयो भएनभन्दा पनि चित्रबाट मानिसको मुहारमा पक्कै खुसी ल्याउँछ”, थापाले भन्नुभयो, “हो त्यही खुसी अर्थात् उज्यालो ल्याउनु हो हाम्रो उद्देश्य ।” प्रदर्शनीमा थापाका तीन चित्र राखिएका छन् । सबै चित्रले बुद्ध दर्शन समेट्दै शान्तिको चाहना राखेका थापाले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope