बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी संक्रमित


१९ असोज (रासस÷सिन्ह्वा) ः बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको छ । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । यहाँ पछिल्ला दिनहरुमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप फैलिइरहेको देखिएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन् । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope