तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन


जिल्लाका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको छ । युरोपियन युनियन र डिसिएको साझेदारीमा सञ्चालन हुँदै आएको परिवर्तन परियोजनाद्वारा यहाँका शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको हो ।

नागरिकका गुनासा पालिकामै सुनुवाइ गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरिएको परिवर्तन परियोजनाले जनाएको छ । गुनासो सुनुवाइ व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ को अभिमुखीकरण तथा संवादसँगै नगरपालिकाका हकमा उपप्रमुख तथा गाउँपालिकाका हकमा उपाध्यक्षको संयोजकत्वमा पाँच÷पाँच सदस्यीय समिति गठन गरिएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (४) क (१) को प्रयोजनका लागि परिवर्तन परियोजना सञ्चालित गाउँ तथा नगरपालिकामा गुनासो व्यवस्थापन समिति गठन गरिएको हो । नगरपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रक्रिया, प्राप्त उपलब्धि र त्यसले पारेको आर्थिक सामाजिक प्रभावको मूल्याङ्कन गरी नीति, योजना तथा सेवा प्रवाह प्रक्रियामा सुधार गर्न, सार्वजनिक कोषको अत्युत्तम परिचालन गरी अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चतता गर्न, नागरिकका गुनासो सुन्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाई सार्वजनिक जवाफदेहीता अभिवृद्धि गर्ने समितिको उदेश्य रहेको शिखरका नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope