कैदीका लागि कारागार बन्यो आम्दानीको स्रोत


जिल्ला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् ।

कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै आएका गुरुदेव रानाको अहिले कारागारभित्रै सामान्यतया रु छ÷सात हजार आम्दानी हुने गरेको छ । आफूले बाहिर पसल सञ्चालन गर्दा चिनेका ग्राहक अहिले पनि भित्रै सिलाउन आउने गरेका छन् ।

“त्यतिकै बस्नुभन्दा आफ्नो सीपको प्रयोग गरेर बसेको छु”, रानाले भन्नुभयो, “भित्रै कपडा सिलाउन कारागार प्रशासनले सिलाइ मेसिन उपलब्ध गराएको छ ।” रानाले कारागारको बाहिर नै सिलाइकटाईका लागि बोर्ड राख्नुभएको छ ।

बजारको मूल्यभन्दा सस्तो मूल्यमा लुगा सिउने काम गर्ने गरेको उहाँले बताउनुभयो । बाहिरको मूल्यभन्दा रु १०० कम मूल्यमा कपडा सिलाउने गरेको छु । उहाँले भन्नुभयो, “बाहिर हुँदा भाडा तिर्नुपर्ने हुन्थ्यो, भित्र भाडा तिर्नुपर्दैन्, रु १०० कम गर्दा पनि आफ्नो व्यक्तिगत खर्च चलाउन पुगिहाल्छ ।”

उहाँ मात्र होइन अहिले कारागारभित्र तीन जना सिलाइ व्यवसाय गर्ने व्यक्ति छन् । कपिलरा कोली, धीरज परिवार पनि गुरुदेव रानासँगै सिलाइ गर्छन् । “अहिले मेसिन अभाव भएको छ”, कारागारका जेलर वीरेन्द्रसिंह धामीले भन्नुभयो, “मेसिनका लागि माग भएको छ, पहिले एक जना मात्रै लुगा सिउने व्यक्ति थिए, अहिले दुई जना थपिएसँगै तीन जना पुगेका छन् ।” त्यतिकै बस्नुभन्दा सिकेको सीप प्रयोग गर्छौ भनेपछि मेसिनदेखि उनीहरुलाई चाहिने समान व्यवस्थापन गरिदिएको उहाँले बताउनुभयो ।

थप मेसिन र कारागारका कैदीबन्दीका लागि आवश्यक तालिम दिने तयारी गरिएको उहाँ बताउनुहुन्छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको जनाइएको छ । पच्चीस पुरूष र १५ महिलाको क्षमता रहेको जिल्ला कारागारमा ६१ कैदीबन्दी राखिएपछि समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope