नागार्जुनमा साधना लघुवित्तको नयाँ शाखा


काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको शनिबार काठमाडौँको नागार्जुनमा शाखा कार्यालय स्थापना गरेको हो । नयाँ शाखाको नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा सञ्चालक समितिका सदस्य रेग्मीले साधना लघुवित्तले घरदैलोमा बंैकिङ सेवा पु¥याउन महत्वपूर्ण भूमिका र राष्ट्र बैंकले क, ख, ग, घ वर्गका कति बैंक तथा वित्तीय संस्था आवश्यक छ अध्ययन गरेर अनुमतिपत्र प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यकारी अधिकृत न्यौपानेले साधना लघुवित्तले चालू आर्थिक वर्षमा १६ शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । “ग्रामीण तथा सहरी क्षेत्रमा वित्तीय सेवासँगै वित्तीय साक्षरता दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

साधना लघुवित्तले चार वर्षको अवधिमा ३१ जिल्लामा ९३ शाखा स्थापना गरी रु तीन अर्ब ८० करोड कर्जा लगानी गरिसकेको छ । उक्त वित्तीय संस्थाले ७७ हजारभन्दा बढी घरपरिवारलाई प्रतक्ष्य वित्तीय सेवा दिँदै आएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope