शिविरमार्फत सामाजिक सुरक्षाभत्ता


साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआइ बैंक र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४७२ लक्षित वर्गलाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

गत असोज १७ गतेबाट सुरु गरिएको शिवर आइतबार सम्पन्न भएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताउनुभयो । गाउँपालिकाले वडा नं १ च्यानडाँडामा सञ्चालन गरेको शिविरमा १४५, वडा नं २ रतन्छामा सञ्चालन गरेको शिविरमा १२५, वडा नं ३ खिदिमामा सञ्चालन गरेको शिविरमा ४४, वडा नं ४ मात्तिममा सञ्चालन गरेको शिविरमा ४४ र वडा नं ५ मात्तिम बिर्तामा सञ्चालन गरेको शिविरमा ८३ जनाले भत्ता बुझेका छन् ।

कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएकाले त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “बैंकमार्फत वितरण गर्दा यसअघि वितरण गरिँदै आइएको रकममा आधा घटेको छ”, उहाँले भन्नुभयो, “बैंकमा आएर भत्ता बुझ्न लक्षित वर्गलाई समस्या हुने भएकाले उनीहरुको सहजताका लागि उनीहरुको टोलमै शिविर सञ्चालन गरेर वितरण गरिएको हो ।”

साकेला गाउँपालिकामा यसअघि सामाजिक सुरक्षाभत्ता वितरणमा आर्थिक अनियमितता भएको पाइएको थियो । सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लैजानुअघि वडा सचिवले घरघरमा वा कम्तीमा टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए । साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अनियमितताका विषयमा गृहमन्त्रालयले समेत चासो व्यक्त गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरे पनि गाउँमै पुगेर भने वितरण गरेको छैन । गाउँ तथा टोलमा लगेर भत्ता वितरण नगर्दा अशक्त वृद्धवृद्धा र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समस्या देखिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope