रेडक्रस र आँखा प्रतिष्ठानबीच प्रदेश नं २ र कर्णाली प्रदेशमा अन्धोपन हटाउने सहमति

नेपाल रेडक्रस सोसाइटी र नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानबीच प्रदेश नं २ र कर्णाली प्रदेशका सर्वसाधारणमा देखिएको अन्धोपनको समस्यालाई समाधान गर्ने सम्झौता भएको छ ।
सोसाइटीका महामन्त्री पिताम्बर आचार्य र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबीच ती दुई प्रदेशमा आँखाको स्वास्थ्यको प्रवद्र्धन गर्ने गरी गुणस्तरीय आँखा उपचार सेवालाई प्रभावकारी बनाउँदै सर्वसाधारणमा देखिएको अन्धोपन हटाउने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा सोसाइटीको आँखा अस्पताल, सामुदायिक आँखा उपचार केन्द्र वा स्थानीय सरकारसँग सहकार्य गरी विशिष्टीकृत सेवा प्रदान गर्नसक्ने नमूनाको आँखा स्वास्थ्य सेवा स्थापित गराउने उल्लेख छ । आँखा स्वास्थ्य सेवामा पहुँच नपुगेको नागरिकको पहुँच पु¥याउन सामुदायिक आँखा सेवा कार्यक्रममार्फत रोकथाम, उपचारात्मक एव प्रवद्र्धनात्मक सेवा पु¥याउने सहमति पत्रमा उल्लेख छ ।
यस्तै आँखा स्वास्थ्यमा सबै नागरिकको पहुँच पु¥याउन सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारसँग सहकार्य गरी स्थानीय सरकारी स्वास्थ्य संस्थामा आँखा उपचार सेवाको विस्तार गर्ने, सोसाइटीबाट सञ्चालित अस्पताललाई विभिन्न विशेषज्ञ सेवाका साथै शैक्षिक र खोज अनुसन्धानमूलक संस्थाका रूपमा विकास गर्दै लगिने र आवश्यक जनशक्ति विकास गर्दै लैजाने उल्लेख छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस