जनताको अपेक्षाअनुसार काम हुनेछ ः मन्त्री राना

लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो ।
कांग्रेसको जिल्लासभापतिसमेत रहनुभएका मन्त्री रानाले पाल्पाको समस्याका रुपमा रहेको विद्युत्को अभाव पूर्ति गरेर उज्यालो पाल्पा बनाउने र सिद्धबाबा जाने सडकको खाल्डाखुल्डी पुरेर धुलोरहित बनाउन सम्बन्धित मन्त्रालयसँग समन्वय गरिने जानकारी दिनुभयो । दलप्रति जनतामा उत्पन्न वितृष्णालाई कामको माध्यमबाट हटाउने गरी काम गरिने उहाँको भनाइ थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस