आउन थाले घरबासमा पाहुना


होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेलले दङ्ग गर्नुभयो । पाहुनालाई आफ्नो घरबासमा राख्नुभयो ।

लामो समय कोरोना र निशेधाज्ञाले उहाँको घरबास सुस्ताएको थियो । उहाँले भन्नुभयो “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ । ”बिहुँस्थित शिवधुरी घरबासमा केही दिनदेखि छिटफुट पाहुना आउन थालेको उहाँ बताउनुभयो । “केही दिनअघि लमजुङदेखि पाहुना आए, हामीले शुरुमा डराइडराइ राख्यौं ” उहाँले भन्नुभयो, “अब डराएर हैन, सावधानी अपनाएर पाहुना राख्ने हो ।”गाउँमा आएका पाहुनाले मकै, कोदो, फापरजस्ता गाउँमै उत्पादित बस्तु खान खोजेको उहाँले बताउनुभयो । त्यस्तै हरियो सागपात र लोकल कुखुरा धेरैको रोजाइमा पर्ने गरेको छ ।“गाउँमा आइसकेपछि धेरैले ‘अर्गानिक’ खाने भन्छन्, हामीले पनि त्यही अनुसारको व्यवस्थापन गर्न खोजेका छौं” उहाँले भन्नुभयो, “डेढ बर्षदेखि सुस्ताएकोले होमस्टेमा पाहुना राख्न सामानसमेत अपुग छन्, जुटाउँदै छौं ।”

स्थानीय पवित्रा पुनले पाहुनाको स्वागत सत्कारबाट गाउँमा फरक संस्कृति, भरक भूगोल र भाषाको ज्ञान बढ्न थालेको जानकारी दिनुभयो । “हामीले पनि समयमै जानकारी पाएमा सामान्य भएपनि साँस्कृतिक क्रियाकलाप देखउँछौं’ उहाँले भन्नुभयो, “आएका पाहुनाबाट धेरै कुरा सिक्न सकिन्छ ।” सिकाइबाट बालबालिकामा पनि सकारात्मक सन्देश जाने गरेको उहाँले बताउनुभयो ।

बिहुँको शिवधुरी होमस्टे दुई बर्षअघि मात्रै संचालनमा आएको थियो । तर डेढ बर्षदेखि कोरोना संक्रमणले व्यवसायिक बन्न नसकेको अध्यक्ष प्रेम श्रीषले बताउनुभयो । तर आएका पाहुनलाई लोकल जातका खाना खुवाउने चलन भने बस्न थालेको छ ।ताराखोलाको किकल्टा होमस्टेले आफ्नै भवन बनाएको छ । पाहुना आउने क्रम पनि बढेको स्थानीय निता घर्तीले बताउनुभयो । पाहुनाले ताराखोला पुग्दा ट्राउट माछा र सिस्नोको अचार खोज्ने गर्छन् । होमस्टे सञ्चालकहरुको क्रियाशीलताले उपभोक्ताको मन जितेपछि स्वास्थ्य मापदण्ड पालना गर्दै होमस्टे संचालन पनि भैसकेको हो ।

बजार क्षेत्रमा जस्तो भीड पनि नहुने, आएका पाहुनालाई घरघरमा बाँडेर राख्न पनि सकिने भएपछि अब सुरक्षित रुपमा होमस्टे चलाउनु पर्छ भन्ने मान्यताले आएका पाहुना स्वागत थालिएको होमस्टे संचालक फूलमाया रोकाले बताउनुभयो । “स्थानीय संस्कृति र कला प्रर्दशनका लागि पनि अब तयारी भएको छ ।” कोरोनाले गर्दा डेढबर्षदेखि होमस्टे अबरुद्ध जस्तै थिए । गण्डकी प्रदेश सरकारको १० लाखमा गाउँपालिकाको ५ लाख र श्रमदानसमेत गर्दा २० लाखमा किकल्टाको आफ्नै घर बनेको छ । होमस्टेका अन्य सामग्री खरिदमा स्थानीय दाताले पनि साथ दिएका छन् । भवन बनेपछि सामग्री राख्न, सांस्कृतिक क्रियाकलाप संचालन गर्न सहज भएको उहाँले जानकारी दिनुभयो ।

काठेखोलाकै बेलढुंगा होमस्टे पनि बिस्तारै संचालनमा आउन थालेको छ । यहाँपनि साँस्कृतिक क्रियाकलाप प्रदर्शनी र गाउँ घुमाउने कार्यक्रम जोडिएको छ । बिहान उठेपछि धौलागिरि र अन्नपूर्ण हिमाली श्रृङखला देखाउने गरी स्थानीयले व्यवस्थापन पनि गरेका छन् । “बिहानको दृश्यावलोकनले धेरै लोभिन्छन्’ वडा अध्यक्ष यामबहादुर श्रीषले भन्नुभयोे, ‘फापर, आलु र कोदोका परिकार हाम्रो पहिचान हो ।” यो होमस्टे २ हजार ५ सय मीटरदेखि ३ हजार मीसम्मको उचाइमा छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope