कता हराए ‘बसाइँ नसर्ने’ भँगेरो ?


जङ्गलको सुरक्षित बासस्थान छोडेर मानिसको वरिपरि रमाउने भँगेरो चरा हराउँदै जान थालेपछि वातावरणको परिस्थितीय प्रणालीप्रति अनेकौँ प्रश्नहरु उत्पन्न हुन थालेका छन् ।

एक दशकअघि सम्म गाउँघरमा बाक्लै देखिने भँगेरो आजकल देख्नै मुस्किल हुन थालेको छ । “१०÷१२ वर्षअगाडिसम्म हाम्रो आँगनमा सुकाएको बिस्कुन खान प्रशस्त भँगेरो आउँथे । हामीले त्यो धानको बिस्कुन सुकाएको ठाउँमा लामो नर्कटले भँगेरो धपाउने गथ्र्यौं तर आज एकमुठी चामल छरिदिँदा पनि त्यो खाइसक्ने भँगेरो छैनन्,” बेनी नगरपालिका–२ का ८५ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो ।

वैज्ञानिकहरुको भनाइअनुसार भँगेरो बसाइँ नसर्ने चरा हो । आफ्नो बासस्थानबाट साढे २ किमी वरिपरि मात्र घुमफिर गर्न रुचाउने यो चरा लोप हुनु चिन्ताको विषय भएको वैज्ञानिकहरुको भनाइ छ । मानव संरक्षित अर्थात् पर्यावरणीय दृष्टिकोणले मानिससँग सम्बन्धित सबैभन्दा नजिकको चरा भँगेरो कता हराए त रु प्रश्न खडा भएको छ । वातावरण संरक्षणकर्मीहरुका अनुसार भँगेरोको मानिससँग मात्र नभएर वातावरणसँग पनि प्रगाढ सम्बन्ध रहेको हुन्छ । यसले वातावरणको परिस्थितीय प्रणालीलाई सन्तुलन राख्न मद्दत गर्छ ।

लामो समयसम्म वन तथा वातावरण संरक्षणको क्षेत्रमा काम गर्नुभएका म्याग्दीका चन्द्रमणि सापकोटाका अनुसार भँगेरोका कारण मानिसमा कुनै पनि नकारात्मक प्रभाव पर्दैन । बरु यसको प्रातःकालीन चिरबिरले मानिसलाई प्रकृतिसँग जोड्ने काम गर्छ । त्यसैले पहिलेका मान्छेले भँगेरोलाई आ–आफ्नो घरमा बास दिने गरेका हुन् ।

वातावरण संरक्षणकर्मीहरुका अनुसार भँगेरोले हानिकारक कीटाणु मार्ने, बीउबिजन फैलाउने, परागकण गराउने, जनावरको मृत अवशेषलाई सफा अर्थात् हटाउने काम गर्छ । जसले गर्दा वातावरणीय सन्तुलन कामय राख्न भँगेरोको मुख्य भूमिका रहेको हुन्छ । कीरा–फट्याङ्ग्रा तथा लामखुट्टेलाई समेत आफ्नो आहारा बनाउने हुँदा लामखुट्टेबाट सर्ने रोग हटाउन पनि भँगेरोको महत्वपूर्ण भूमिका हुन्छ ।

घरआँगनमा डुली हिँड्ने भँगेरो एक प्रकारले जैविक कीटनाशक पक्षी पनि हो । मानिसको घरयसी फुच्चे साथी भनेकै भँगेरो हो । तर पछिल्लो समय यिनीहरु क्रमशः मासिँदै छन् । वर्तमान अधिकार प्राप्त नगरपालिकाको ‘पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन’ स्थानीय सरकार सञ्चालनका सम्बन्धमा बनेको ऐन छ । तर युगौँदेखि मानवसँग सम्बन्धित भई हाम्रै घरघरमा बस्दै आएको पक्षी भँगेरो संरक्षण गर्नुपर्छ भन्ने कुरो सरकारलाई थाहै छैन ।

भँगेरो लक्षिन र सहकालको चरा मानिन्छ । जुन घरमा भँगेरोको बास हुन्छ, त्यो घरमा कहिल्यै पनि अलक्षिन लाग्दैन र अन्नको समस्या हुँदैन भन्ने परम्परागत मान्यता रहँदै आएको छ । भँगेरोको सम्बन्धमा छिमेकी मुलुक चीनको एउटा रोचक प्रसङ्ग छ । सन् १९५८ मा चीनका तत्कालीन कम्युनिष्ट नेता माओत्सेतुङको नेतृत्वमा ‘किल स्प्यारो क्याम्पियन्स’ सुरु गरिएको थियो । चीनको ग्रामीण क्षेत्रमा गरिएको खेतीपाती भँगेरोले नष्ट गरिदियो र यसैका कारण उत्पादन घट्यो भनेर सन् १९६२ ९करिब ५ वर्ष ०सम्म ‘किल स्प्यारो क्याम्पियन्स’ सञ्चालन गरियो । पाँच वर्षको अवधिमा चीनमा लाखौँ भँगरो मारियो । तर परिणाम उल्टो निस्क्यो । त्यो अवधिमा झन् उत्पादन घट्यो । अन्त्यमा सो क्याम्पियन्स बन्द गरेर भँगेरो संरक्षण गर्न थालियो । त्यसपछि उत्पादन पनि वृद्धि हुँदै गयो र भँगेरो संरक्षणमा चिनियाँका चासो पनि बढ्दै गयो ।

भँगेरो लोप हुँदै जानुको मुख्य दुईवटा कारण रहेका जानकारहरुले बताएका छन् । पहिलो बासस्थानको अभाव, दोस्रो दूरसञ्चारको बिटिएस टुरको विकीरण । म्याग्दीका ९१ वर्षीय खड्गबहादुर थापाका अनुसार कागलाई भँगेरोको मुख्य शत्रु मानिन्छ । पहिला पहिला घर बनाउँदा काग छिर्न नसक्ने तर भँगेरो भने सजिलैसँग छिर्न सक्ने प्वालहरु राखिन्थ्यो । ती प्वाल राख्नुको मुख्य उद्देश्य नै भँगेरोले गुँड बनाउन सकून् भन्ने हुन्थ्यो । तर आजकल घर बनाउँदा त्यस्ता प्वालहरु राखिँदैन । बासस्थानको अभावमा शत्रु जीवको आक्रमण र असुरक्षित वातावरणले गर्दा भँगेरोहरु लोप हुँदै गएका थापाले बताउनभयो ।

त्यसैगरी प्रविधिको विस्तारित सञ्जाल पनि भँगेरोलगायत पंक्षीका लागि प्रतिकूल बन्दै गएका विभिन्न अध्ययनहरुले देखाएका छन् । मोबाइल सञ्चालन गराउने दूरसञ्चारको बिटिएस टुरको विकीरणले पनि भँगेरो खतरामा परेको कुरा बाहिर आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रत्येक स्थानीय तहले केही रकम लिने र सो रकम भँगेरोलगायत चरा संरक्षण गर्ने वातावरण तयार गर्नुपर्ने बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope