पहिरोले अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुल्यो


अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा गएको पहिरो गए राति पन्छाएपछि यहाँको राजमार्ग खुलेको हो । राजमार्ग अवरुद्ध भएपछि तीन दिनदेखि अलपत्र परेका सवारी साधन तथा यात्रु अहिले आ आफ्नो गनतव्यतिर लागेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले अवरुद्ध भएको उक्त राजमार्ग खुलाएको हो । यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त राजमार्गको कालागाढ, अड्यौल, बानीडुग्रीसैनलगायतका ठाउँमा आएका पहिरो पन्छाइसकिएको र अब डडेल्धुरा क्षेत्रमा पर्ने ठाउँमा आएको पहिरो पन्छाउने काम भइरहेकाले सम्भवःत आज साँझसम्म उक्त राजमार्ग पनि खुल्नेछ । वर्षा र बाढी पहिराले अहिलेसम्म जिल्लामा १४ जनाको ज्यान गइसकेको छ भने ग्रामीण क्षेत्रका दजनौँ सडक अवरुद्ध भएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope