राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह


राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपतिले प्रकोपपीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालन गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशका सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिले आग्रह गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखका यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितको उद्धार तथा राहतमा संलग्न हुन राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope