डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो


वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कामीको मृत्यु भएसँगै जिल्लामा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मङ्गलबार र बुधबार मात्रै जिल्लामा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको थियो ।

आज एक जनाको उपचारका क्रममा मृत्यु भएको र सायल गाउँपालिका–४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टका अनुसार डोटीमा मात्रै बाढीपहिराका कारण १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिराका कारण १२ जना घाइते तथा ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता भएका छन् । विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope